स्वास्थ्य

‘अमेरिकामा साढे ३ महिनाभित्रै कोरोनाविरुद्ध खोप आउँछ’

फाइल तस्बिर

अमेरिकामा यही वर्ष (सन् २०२०) अन्त्यसम्ममा कारोना भाइरसविरुद्ध ‘भ्याक्सिन’ (खोप) आम प्रयोगका लागि तयार भइसक्ने त्यहाँका शीर्ष संक्रामक रोग विशेषज्ञले अनुमान गरेका छन् ।  

अमेरिकी विशेषज्ञ डा. एन्थोनी फाउचीले न्युज एजेन्सी रोयटर्ससँग उक्त समयभित्र खोप आउने सम्भावनाले आफू खुसी भएको बताएका छन् । उनले कोरोनाविरुद्ध खोप तयार पार्न चीन अगाडि हुन्छ कि भन्ने कुनै चिन्ता नभएको पनि दाबी गरेका छन् ।  

उनले भने, ‘मलाई लाग्छ, सबै एउटै ट्र्याकमा हिँडिरहेका छन् । जसले गर्दा उनीहरूले हामीभन्दा अगाडि उपलब्धि हासिल गर्न नसक्ने पक्का छ ।’

बुधारबा मात्र त्यहाँको औषधि कम्पनी मोडेरेनाले गरेको खोप परीक्षणको नतिजा सकारात्मक आएको थियो । जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरुद्धको खोपबारे ठूलो खुसीको खबर भनेका थिए । बिबिसी

प्रकाशित: १ श्रावण २०७७ १०:५७ बिहीबार

कोरोना खोप