स्वास्थ्य

कोरोना महामारीबाट डब्लुएचओ नै आत्तियो, भन्छ : पूरै अन्त्य असम्भव

क्याप्शन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसलाई पूरै रूपमा अन्त्य गर्न असम्भव देखिएको बताएको छ ।  

शुक्रबार जेनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले भने, ‘अहिले जुन स्थिति देखिएको छ, त्यसले कोरोना महामारीको पूर्ण रूपमा अन्त्य सम्भव देखिन्न ।’

उनका अनुसार जहाँ संक्रमण क्लस्टरमा फैलिएको छ, त्यहाँ नियन्त्रण गर्दै दोस्रो चरणमा जानबाट रोकेर तथा लकडाउन बढाएर यसविरुद्ध बिस्तारै अघि बढ्न मात्र सकिन्छ।  

प्रकाशित: २७ असार २०७७ ०७:१७ शनिबार