स्वास्थ्य

डा. महतको नेतृत्वमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अनुगमन

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजकत्वको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुगमन गरेको छ। आइतबार गरिएको अनुगमनका क्रममा अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्न आउने कसैले पनि सामाजिक दुरि कायम नगरेको पाइएको हो।  

साथै घरधनीहरुले कोरोना परीक्षण गरेको रिपोर्ट अहिलेसम्म पनि खोजिरहेका कारण कोरोना परीक्षण गर्न आउनेहरुको भिड लागेको पाइएको सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिए। उनले टेकुमा ३० रुपैयाँमै कोरोना परीक्षण हुने र अन्य सरकारी अस्पतालले त्यही परीक्षणका लागि ५ हजारभन्दा बढी रकम लिने गरेको कारण पनि टेकु अस्पतालमा भिड बढेको जानकारी पाएको बताए।  

अनुगमनपछि डा. महतको टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सगर कुमारी राजभण्डारीलाई भेटेको थियो।  

उक्त भेटमा अस्पतालका निर्देशक डाक्टर राजभण्डारीले कोरोनाको परीक्षण शुक्रराजमा मात्रै केन्द्रित भएको कारण भिड बढेको महतलाइृ बताए।  निर्देशक राजभण्डारीले क्वारेन्टाइनहरुलाई ब्यबस्थित गराउन नसक्दा पनि संक्रमनको दर बढेको कांग्रेस सहमहामन्त्री महतको टोलीलाई बताए। कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोलीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, मोहन बहादुर बस्नेत, डिना उपाध्याय राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरु सहभागी थिए।

प्रकाशित: २१ असार २०७७ ०८:०९ आइतबार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल