स्वास्थ्य

भोलिदेखि पुनः शुरु हुँदै प्रदेश अस्पतालको ओपिडी सेवा

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ। दश दिनदेखि बन्द ओपिडी सेवा भोलि(आइतबार)देखि सञ्चालन हुने अस्पतालले जनाएको छ। 

अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो। उनीहरु प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन्। अस्पतालका निर्देशक डा डम्बर खड्काले यही असार ११ गतेदेखि बन्द ओपिडी सेवा भोलिदेखि सञ्चालन गरिने जानकारी दिए।

प्रकाशित: २० असार २०७७ ०७:२० शनिबार

ओपिडी सेवा