स्वास्थ्य

कम उमेरमै छाला चाउरी पर्ने समस्या, कारण र निदान

नारायण भट्टराई, सौन्दर्यविज्ञ

प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो छाला । मानव शरिरको प्रत्यक्ष सौन्दर्यतासँग जोडिएकोले पनि यसको हेरचाह वैज्ञानिक तरिकाले गरिनु अपरिहार्य छ ।  

के हो छाला ?

९०% भन्दा बढी ‘क्लोगेन प्रोटिन’ ले बन्ने यो अंग शरिरको सबैभन्दा ठूलो ग्रन्थी हो । जसलाई बनोटको दृष्टिले दुई भागमा वर्गीकरण गरिन्छ ः डर्मीस र इपिडर्मीस

किनचाउरी पर्छ त छाला ?

बुढ्यौलीपनासँगै छालामा पर्ने चाउरीपना त स्वभाविक नै हो तर कम उमेरमा पनि यो समस्या देखिनु भनेको विभिन्न स्वास्थ्य समस्यासँग प्रत्यक्ष जोडिएको हुन्छ । शरिरमा पर्याप्त पानीको कमी, पोषक तत्वको कमी ९भिटामिन ए, सी प्रोटिन० मानसिक तनाव, अध्याधिक चुरोटको सेवन, थाइरोइड हर्मोनको उतारचढाव लगायतका कुराहरू यसका लागि मूलतः जिम्मेवार छन्।  

कम उमेरमै छाला चाउरी पर्नबाट रोक्न के गर्ने ?

वास्तवमाहामीले अपनाउने जीवन शैलीमा परिवर्तन गर्नुनै समस्याको निदान हो ।  

कस्ता खानेकुराहरू छालाका निम्ति उपयुक्त मानिन्छन् ?

स्वस्थ छालाका निम्ति मुख्य रुपमा मेवा, गाजर, कागती, अमला, काक्रो, खर्बुजा जस्ता भिटामिन ए र सी साथै मिनरल्सयुक्त खानाहरू नै सेवन गर्नु राम्रो हुन्छ । त्यतिमात्र होइन गेडागुडी, माछा र मासु जस्ता प्रोटिनयुक्त खानेकुराहरू पनि छालाको निम्ति अपरिहार्य छन्।  

स्वस्थ छालाको लागि कुनक्रिम उपयुक्त छ त ?

मुख्यतः यसमा छाला रोग विशेषज्ञले दिने सुझाव नै निर्णायक हुन्छ तर सर्सर्ती हेर्दा सुख्खा छालाको लागि हामीले मोइस्चरको अधिकतम प्रयोग गर्नुपर्दछ । यसमा तेल मोइस्चरको छनौट गरेमा राम्रो मानिन्छ भने तेल आउने छालामा छिटो सुक्ने खालको मोइस्चर प्रयोग गर्नु पर्दछ । तथा धेरै मोइस्चर प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । आजकाल बजारमा पाइने क्रिमहरुमा स्टेरोइड मिक्स भएका क्रिमहरूले मानवशरिरको छालामा गम्भीर समस्याहरू देखाईरहेका छन् ।

यस्ता क्रिमहरुको प्रयोगले छालाको असली स्वरुप परिवर्तन हुनुको साथै छाला पातलो हुने ‘रिंकल’ पर्ने विमिरा देखिने हुने गरेको देखिन्छ । त्यसकारण क्रिमको प्रयोग गर्नुपूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकता अनुसारको छनौट गर्नुपर्दछ । अन्यथा हामीसँग पछुताउने बाहेक अर्को विकल्प रहँदैन ।  

प्राकृतिक रुपमापनि छालालाई चाउरीपना हुनबाट बचाउन सकिने हामीसँग धेरै उपायहरु छन् । जस्तै आधा हरियो काँक्रोको टुक्रालाई कागती पानीमा एक रात भिजाएर हप्तामा एक पटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी हुनबाट बचाउन सकिन्छ भने चाउरी सकेको छालालाई पाकेको (पहेँलो)काँक्रोलाई एक इन्चका टुक्राहरू बनाएर कागती, घिउ (चिउरीको) बेसनको हल्कापातलो झोलमा ६ घन्टा भिजाएर हप्तामा २ पटक ४५–६० मिनेट प्रभावित क्षेत्रमा राखेर ३–४ महिनाको उपचार गरेमा चाउरिएको छाला राम्रो भएर आउँदछ ।

प्रकाशित: १० असार २०७७ ११:४३ बुधबार

छाला चाउरी सौन्दर्यविज्ञ