स्वास्थ्य

छिट्टै बन्न सक्छ कोरोनाविरुद्धकाे भ्याक्सिन

कोरोनाभाइरसको खोप छिट्टै उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले आँकलन गरेको छ। यो वर्षको अन्त्यसम्ममा भाइरसको खोप उपलब्ध हुन सक्ने र ठूलो संख्यामा प्रभावित मानिसहरुलाई बचाउन सकिने विश्वास डब्ल्यूएचओको छ।  

बीबीसीमा प्रकाशित समाचारअनुसार यसको खोप अहिलेसम्म बनेको छैन। तर वैज्ञानिक सौम्या स्वामिनाथनले भनेकी छन्, ‘दुनियाका विशेषज्ञ दुई सयभन्दा बढी सम्भावनामा काम गरिरहेका छन्। करिब १० वटा खोपको मानिसमा परीक्षण चलिरहेको छ।’ उनले अगाडि भनेकी छन्, ‘खोप बनाउने धेरै तरिका छन्। यसमा धेरै सम्भवना र आशंका हुन्छन्। हामीसँग कयौं भ्याक्सिन छन्। एक पटक फेल भए पनि पुनः प्रयास गर्ने हो। यसमा निरन्तर काम भैरहन्छ।’

सबै ठीकरहे यहि वर्षको अन्तिमसम्म खोप बनिसक्ने उनले विश्वास व्यक्त गरिन्। खोप बनेको खण्डमा पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्नेहरु जस्तैः डाक्टर र भाइरसबाट गम्भीर रुपमा प्रभावित र कमजोरहरुलाई दिइने उनले बताइन्।

प्रकाशित: ५ असार २०७७ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App