स्वास्थ्य

मोरङमा एकै दिन २५ जना संक्रमित भेटिए

प्रदेश १ मा ३ सय ७१ जना संत्रमित

मोरङको रतुवामाई नगरपालिकामा एकै दिन २५ जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार रतुवामाईको सरस्वती माविको क्वारेन्टिनमा बस्दै आएका ५३ जनाको स्वाब परीक्षण गरिएकामा २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  

मन्त्रालयका अनुसार संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट आएका र केही नेपालकै अन्य जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाहरू हुन् ।  

यस्तै, आइतबार  झापाको गौरीगन्जका १ जना पुरुष र सुनसरीको रामधुनीका १ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार २७ जना थप भएसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३ सय ७१ पुगेको छ । 

प्रकाशित: ३२ जेष्ठ २०७७ ११:२४ आइतबार

कोरोना संक्रमित