स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। कोभिड १९ को समयमा निरन्तर काम गरिरहेका प्रवक्ता डा. विकास देवकोटको सट्टा नयाँ प्रवक्ताको रुपमा परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएकाे हाे। 

 डा. विकास भने लामो समयदेखिनै मन्त्रालयको नीति तथा योजनामा समेत काम गर्दै आएका थिए। डा.गौतम प्रसुतिगृहवाट सिधै मन्त्रालयमा पुगी प्रवक्ताको भूमिका निर्वाह गर्दैछन्।  डा. गौतमलाई यो भूमिका भने नयाँ हुनेछ।

डा.देववकोटाले नेपालमा कोभिड १९ सुरु भएसंगै निरन्तर काम गरिरहेका थिए। कोडिभ १९ को दोस्रो केश देखिएपछि अर्थात लकडाउन भएदेखि यता ७६ दिनसम्म निरन्तर प्रेस ब्रिफिङ गर्दै आएका थिए। 

प्रकाशित: २५ जेष्ठ २०७७ १२:५८ आइतबार

स्वास्थ्य मन्त्रालय