स्वास्थ्य

महिला संक्रमितका लागि छुट्टै क्वारेन्टिन

बर्दियाको गुलरिया नगरपालिकामा कोरोना संक्रमित महिलाका लागि  छुट्टै क्वारेन्टिन निर्माण गरिएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टिन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।      

क्वारेन्टिनमा भारतबाट आएका चार महिला छन् । उनीहरूकाे सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए । 

जिल्लामा ८० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए । जिल्लामा १ सय ४४ क्वारेन्टिनमा महिलार पुरुष गरी तीन हजार ९ सय १८ जना छन् ।    

प्रकाशित: १९ जेष्ठ २०७७ ०९:३३ सोमबार

क्वारेन्टिन