स्वास्थ्य

कोरोना संक्रमित र सुत्केरीलाई फरक स्थानमा उपचार गर्न सुझाव

राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरे। राष्ट्रियसभाको आजको शून्य समयमा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  नन्दा चपाँईले कोरोना भाइरसका बिरामी र गर्भवती  एवं सुत्केरीको उपचार एकै ठाउँमा गरेको पाइएको हुँदा फरकफरक स्थानको व्यवस्था गर्न सरकारसँग माग गरे।  

कतिपय अस्पतालमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचार र गर्भवती तथा सुत्केरीको उपचार भएको देखियो, सांसद चपाईले भने, ती उपचार फरकफरक हुन जरुरी छ, जनतालाई सुविधा होस् मुख्य कुरा यही नै हो। नेपाली काँग्रेसका प्रकाश पन्थले सरकारले विदेशमा सङ्कटमा परेका नेपालीलाई नेपालमा ल्याउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए। उनले भने, सबै नेपालीलाई विदेशबाट ल्याउनुपर्छ भन्ने होइन, कामविहीन र समस्यामा परेका नेपालीलाई ल्याउनुपर्छ, सरकार नेपाली नागरिकको अभिभावक हो।

सांसद पन्थले क्वारेन्टिन बनाउन समस्या परेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै नेपालमा धेरै सुविधासम्पन्न होटललाई क्वारेन्टिन प्रयोग गर्नसमेत सुझाव दिए। नेकपाका मायाप्रसाद शर्माले कोरोना भाइरसको सङ्क्रमणका कारण विपद्मा परेका नागरिकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिए। 

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App