स्वास्थ्य

प्रत्येक जिल्लामा कोरोना अस्पताल चाहियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का सबै जिल्लामा कोरोना विशेष अस्पताल निर्माण गर्न सरकारसँग माग गरेको छ । प्रदेश २ कोरोना भाइरस संक्रमणको अत्यन्त जोखिममा रहेको जनाउँदै नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले कोरोना नियन्त्रण तथा उपचारमा विशेष ध्यान केन्द्रित गर्न सरकारसँग माग गरेका हुन् ।

नेकपा स्थायी समिति सदस्य तथा प्रदेश २ का इन्चार्जसमेत रहेका मण्डलले प्रदेश २ सरकारले प्रदेशमा बढ्दै गइरहेको कोरोना महामारीको जोखिम नियन्त्रण तथा उपचारमा योजनासाथ लाग्नुपर्नेमा सरकार गम्भीर नभएको औंल्याएका छन् ।

नेता मण्डलले आइतबार आठ बुँदे प्रेस विज्ञप्ति जारी गर्दै हाल प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या एक सय सात पुगेको भन्दै उनले प्रत्येक जिल्लामा एक÷एक ओटा कोरोना विशेष अस्पताल तत्काल व्यवस्था गर्नु पर्ने सरकारसँग माग गरेका छन् । सबै जिल्ला सदरमुकाम र उपमहानगरपालिकामा कोरोना जाँच केन्द्र स्थापना गर्नुपर्ने, स्थानीय पालिकाहरूको समन्वयमा आइसोलेसन क्वारेन्टिनको व्यवस्था हुनुपर्ने, प्रदेशका सबै जिल्ला भारतीय सिमानासँग जोडिएकाले निगरानीसहित स्वदेश फर्किने नागरिकका लागि क्वारेन्टिन व्यवस्था गर्नुपर्ने उनको माग छ ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०४:०२ सोमबार

प्रदेश २ अस्पताल