स्वास्थ्य

बढ्न थाल्यो मानसिक समस्या

गत चैत ११ गतेदेखि लकडाउनमा गएको समाजउकुसमुकुसको अवस्थामा छ । सहर, गाउँ, टोल मात्रनभएर प्रत्येक घरघरमात्रास देखिन्छ । छिमेकमासमेत आवतजावत टुटेको छ । कोरोना संक्रमणको त्रासले व्यक्तिको दिनचर्या एकतमासको बनेको छ । एकअर्कामा विश्वास टुटेको छ । शारीरिक समस्या देखाउने कोरोनाका कारण मानसिक समस्या बढ्न थाले पनियसतर्फ भने कसैको ध्यानपुगेको छैन । एकप्रकारले समाज बिजनेसविहीनअवस्थामा छ ।  

हुनेखानेलाई आफ्नै समस्या छ भने हुँदाखानेलाई फरक समस्याभएपनिचिन्ताको प्रकार भने एउटै हो । यतिबेला आमनागरिक सँगै विद्यार्थीहरू थप मानसिक तनावमा छन् । यो समयमा उनीहरूलाई विश्वास र ढाडसको खाँचो छ । लामो समय रुकेको पठनपाठनले तनावमा परेका उनीहरू बिजनेसविहीन बनेका हुन् । त्यसो त समाज नै ठप्प छ तर पनि उज्यालो भविष्यको बाटोमा हिँडेका विद्यार्थीसँग न रोजगार छ न त अन्यअवसर ।

रातदिन स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै सञ्चारकर्मी झनै ठूलो समस्यामा छन् । चौबीसै घण्टा सेवामै रहने उनीहरूका परिवार थपचिन्तामा छन् । यतिबेला समाजले शासनभन्दा पनि मनोविमर्श खोजिरहेको छ । आमनागरिक आफ्नै लागिभएपनि सरकारले भनेको मान्दै घरभित्र छन् । हुनेखानेहरूपनि रुखोसुखो खाएर चित्तबुझाउँदै छन्भने विपन्नहरूअ‍ैंचोपैंचो, सापटी वा राहतको भरमा भएपनि सन्तुष्ट छन् ।  

विगतको माओवादी सशस्त्रद्वन्द्वका समयमा आफन्त मारिएका र बेपत्तापारिएका परिवारलाई यो एकान्तबासले झनै पीडा थप्ने चिकित्सकहरू बताउँछन् । लकडाउनको अवस्था बढ्दै जाँदातत्कालै देखिएको समस्याभन्दा पनि यसले पार्ने दीर्घकालीन असरका बारेमा राज्यस्तरमा पर्याप्त गृहकार्यको अभाव छ । एकातिर आर्थिक अवस्था सुधार गर्नुपर्ने छ भने अर्कोतिर सामाजिक र मानसिक समस्या समाधानकाबारेमा पनिचासो दिनुपर्ने देखिन्छ । डाक्टरहरूका अनुसार मानसिक समस्याका बिरामीहरू अस्पताल आउन थालिसकेका छन् ।  

‘लामो समयको लकडाउनले मानसिक समस्याअहिले नै सुरु भइसकेको छ । अस्पतालमा यस्ता प्रकृतिका बिरामीआउनथालिसकेका छन्,’ जिल्ला अस्पताल रोल्पाका डा. अनिल केसी भन्छन्, ‘यसले लामो समय सताउन सक्छ ।विशेष गरीगर्भवती, एकलमहिला, क्वारेन्टाइनमा बसेकाहरू, दीर्घरोगीमा एनजाइटी र डिपे्रसनको समस्या सुरु भएको छ ।’ सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृति भट्टराई पनिअबकादिनमामानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको बताउँछिन् । उनकाअनुसार एकान्तबासले आमनागरिकको दैनिकीसँगै मानसिक स्वास्थ्यमापनिप्रभावपारिरहेको छ ।  

जिल्लाप्रहरी कार्यालय रोल्पाका प्रमुख चित्रबहादुर गुरुङ पनि लकडाउनका कारण जिल्लामा मानसिक समस्या बढ्ने सम्भावना रहेको बताउँछन् । ‘एकान्तबास र संसारभरको रोग वृद्धिको दर सुनेर पनिकतिपयतनावमा रहन्छन् । त्यसो त यो समस्या विद्यार्थीहरूमा पनि बढ्ने देखिन्छ,’ उनी भन्छन् । संघीय र प्रदेश सरकारसँगै स्थानीय सरकारले पनिआउँदो बजेटमा आर्थिक, सामाजिक क्षेत्रमा जस्तै मानसिक स्वास्थ्यका क्षेत्रमापनिविशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । हेर्दा सामान्य लागेपनि दीर्घकालसम्म असर गर्ने समस्या न्यूनीकरणमा चासो दिनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०३:०३ सोमबार

मानसिक स्वास्थ्य