स्वास्थ्य

प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिनको व्यवस्था

खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोपको व्यवस्था गरिएको छ । गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा रेबिजविरुद्धको एन्टी रेबिज भ्याक्सिनको व्यवस्था मिलाइएको हो । 

बहुलाहा कुकुर या स्यालले टोकेको अवस्थामा खोप लगाउनकका लागि जिल्ला अस्पताल दिक्तेल वा अन्य अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि प्राथमिक स्वास्थ्य केन्द्रमामा पहिलोपल्ट रेबिजविरुद्धको खोपको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।  

प्राथमिक स्वास्थ्य केन्द्रमा तत्कालका लागि स्वास्थ्य कार्यालयबाट पाँच भायल भ्याक्सिनको व्यवस्था गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिनको व्यवस्था भएसँगै भ्याक्सिनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । विगतका वर्ष एउटा भ्याक्सिनका लागि जिल्ला अस्पताल पुग्नु परेको यतार्थलाई मध्यनजर गर्दै एन्टी रेबिज भ्याक्सिनको व्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामकाजी नेपालले बताए ।

 नेपालका अनुसार रेबिजविरुद्धको पहिलो खोप ३ दिन, ७ दिन, १४ दिन र २१ दिनमा लगाउने गरिन्छ । 

प्रकाशित: ३० वैशाख २०७७ ०२:१२ मंगलबार

विविध