स्वास्थ्य

कपिलवस्तुमा २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौ पठाइयो

कपिलवस्तु- जिल्लामा ५ जना कोरोना संक्रमति भेटिएपछि पिसिआरका लागि धमाधम स्वाब संकलन थालिएको छ । यसैक्रममा कपिलवस्तुबाट थप २ सय ९० जनाको स्वाब सकलन गरी काठमाडौ पठाइएको छ । तीन पालिकको क्वारेन्टाइनमा रहेको उनीहरुको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको हो ।

भारतको मुम्बई दिल्ली हरियाना लगायतका बिभिन्न शहरबाट फर्की क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरी शनिबारै काठमाडौ पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगलते बताए ।

बुद्धभूमि नगरपालिकाबाट १ सय २५, कपिलवस्तु नगरपालिकाबाट १ सय ३ र यशोधरा गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरिएको हो । यसअघि जिल्लामा १ सय ६३ जनो स्वाब संकलन गरिएको थियो । त्यस मध्ये ५ जना संक्रमित भेटिएका छन् । प्रजिअ दीर्घनारायण पौडेलको बिशेष पहलमा काठमाडौबाट पिसिआर टेस्टको स्वाब सकलनका लागि आवश्यक ६ सय थान भिटिएम शुक्रबार साँझ जिल्लामा ल्याइएको थियो ।

आइतबार पनि स्वाब संकलन गरिने बताएको छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय १० जनाको र्‍यापिड टेस्ट भएको छ । जमसा सबैको रिपोर्ट नेगेटिभ आएको छ । र्‍यापिड टेस्टको किट समेत सकिएकाले टेस्टको काम रोकिएको भगतले बताए । ३ हजार ६ सय किट माग गरिए पनि प्रदेशबाट १ हजार १ सय ८० थान मात्र पठाएको उनले बताए ।

दश पालिकाले तयार गरेको एक हजार ३ सय ६२ क्वारेन्टाइन बेडमा हाल ८ सय ८१ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए । यस्तै सीमामा १३ सय बढी नागरिक अलपत्र छन् ।

 

प्रकाशित: २७ वैशाख २०७७ १५:१६ शनिबार

स्वाब काेराेना_भाइरस काेभिड_१९