स्वास्थ्य

कोरोना राहत कोषमा २ करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा

अर्घाखाँची- कोरोना संक्रमाणबाट बच्न जिल्लाका स्थानीय तहहरुले राहत संकलनलाई प्राथमिकताका साथ अगाडी बढाएका छन् । कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला त्यसबाट बच्न स्थानिय तहहरु राहत संकलनमा जुटेका हुन् ।

अर्घाखाँचीका ६ वटा स्थानीय तहहरुमा कुल २ करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ । पालिकाहरुले विपत कोषलाई छुट्टाएको रकम, प्रदेश सरकारको सहयोग र स्थानीय तहको सक्रियतामा २ करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा भएको हो । जिल्लाको शितगंगा नगरपालिकाको राहतकोषमा १ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ । भूगोलका दृष्टिकोणले नेपालकै ठुलो शितगंगा नगरपालिकाको राहतकोषमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिए ।

भुमिकास्थान नगरपालिकाको कोरोना नियन्त्रण राहतकोषमा १९ लाख ५० हजार, सन्धिखर्क नगरपालिकाको कोषमा ५१ लाख ७३ हजार, छत्रदेव गाउँपालिकाको राहत कोषमा ५६ लाख १९ हजार, पाणिनी गाउँपालिकाको राहतकोषमा ३९ लाख ५० हजार र मालारानी गाउँपालिकाको राहतकोषमा १७ लाख ७४ हजार रुपैयाँ जम्मा भएको स्थानीय तह प्रमुखहरुले जनाएका छन् ।

प्रकाशित: २४ वैशाख २०७७ १४:३४ बुधबार

कोरोना_राहत_कोष काेभिड_१९