स्वास्थ्य

कोरोना निको भएर घर फर्केका ३ जना अस्पताल भर्ना

काठमाडौं- कोरोना मुक्त भएर घर फर्केका तीन जना पुन: अस्पताल भर्ना भएका छन्। बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिए पछि अस्पताल भर्ना भएका हुन्।

अस्पताल भर्ना हुनेमा काठमाडौंका ५८ वर्षिय पुरुष, रौतहटका १९ वर्षिय युवा र पर्साका ४४ वर्षिय व्यक्ति छन्।

देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन्। मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ।

प्रकाशित: २४ वैशाख २०७७ ११:१२ बुधबार

कोरोना_भाइरस कोभिड_१९