स्वास्थ्य

कोरोना मुक्त भएपछि कोशी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज

विराटनगर – कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

कोरोना मुक्त भएका ६ जनालाई आज विहान अस्पतालले डिस्चार्ज गरेको हो। सबै ६ जना भारतको दिल्लीका नागरिक हुन्। यस अघि उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए। डिस्चार्ज भएका उनीहरुलाई विराटनगरकै एक मस्जिदमा राख्ने तयारी गरिएको छ।

 

प्रकाशित: २४ वैशाख २०७७ ०३:१३ बुधबार

कोरोना_भाइरस कोभिड_१९ उदयपुर