स्वास्थ्य

चौथो नतिजा पनि पोजेटिभ

चितवन, – भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित एक महिलाको चौथोपटकको स्वाब परीक्षणको नतिजा पनि पोजेटिभ आएको छ । राप्ती नगरपालिका–८ की ६३ वर्षीया ती महिलाको स्वाब हेटौंडा प्रयोगशालामा परीक्षण गरिएको थियो ।

वैशाख ३ गते राप्ती नगरपालिकामा गरिएको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएकी ती महिला र उनका २७ वर्षीय छोराको वैशाख ४ गते भरतपुरस्थित कोभिड १९ प्रयोगशाला र वैशाख ५ गते टेकुस्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नतिजा पोजिटिभ आएको थियो । त्यसपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो । उनीहरू चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आइपुगेका थिए । वैशाख १३ गते शनिबार पुनः स्वाब परीक्षण गरिएकोमा नतिजा नेगेटिभ आएपछि छोरालाई डिस्चार्ज गरिएको थियो । 

प्रकाशित: २३ वैशाख २०७७ ०३:१९ मंगलबार

भरतपुर_अस्पताल कोरोना_संक्रमित