स्वास्थ्य

उदयपुरबाट घर आएका दम्पती क्वारेन्टाइनमा

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकामा उदयपुरबाट घर आइपुगेका दम्पतीलाई क्वारेन्टाइनमा राखिएको छ । गत फागुन अन्तिम साता नेपालटारस्थित आफन्तको घरमा पुगेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका दम्पत्तीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो । मालबाहक गाडीमार्फत ओखलढुंगासम्म आएर ओखलढुंगाबाट पैदल घर आएका दम्पत्तीलाई देउराली माबिमा बनाइएको क्वारेन्टीनमा राखिएको स्वास्थ्यचौकी डुम्रेधारापानीका अवेह मनीराम अधिकारीले बताए ।

आफन्तको घरमा पुगेकोबेला लकडाउनका कारण लामो समयसम्म अल्झिएका दम्पत्तीलाई घर नपुग्दै क्वारेन्टीनमा लगेर राखिएको हो । उदयपुरमा कोरोना भाइरसको संक्रमित फेला परेसँगै उदयपुरबाट आउने स्थानीयमाथि निगरानी बढाइएको छ । रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाका अनुसार हौंचुरमा पनि दुई जना क्वारेन्टीनमा छन् । हालसम्म १० जना क्वारेन्टीनबाट छुटिसकेका छन् । यस्तै, २३ जनालाई होम क्वारेन्टीनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: २१ वैशाख २०७७ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App