स्वास्थ्य

राउटे समुदायलाई राहत वितरण

वीरेन्द्रनगर – भेरीगंगा नगरपालिकाको सहत्तरीको जंगलमा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ। लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा यहाँका ४६ घर राउटे समुदायलाई राहत वितरण गरिएको हो।

प्रतिघर ३० केजीको चामल, पाँच लिटर तेल र एक सय ५० वटा माक्स वितरण गरिएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले जानकारी दिइन्। राहत पाएपछि राउटे समुदाय खुसी भएका छन्। लकडाउनले गर्दा उनीहरूले बनाएका काठमा सामग्री घरमै थन्किएपछि खाद्यान्न अभाव भएको थियो।

 

प्रकाशित: १९ वैशाख २०७७ १०:३६ शुक्रबार

कोभिड–१९ लकडाउन राउटे