स्वास्थ्य

प्रदेश २ मा एकैदिन तीन जनामा कोरोना

लहान - प्रदेश २ मा बुधबार एकैदिन तीन जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई जना र पर्साका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन्। यस अघि दिएको जानकारीलाई मन्त्रालयले सच्याएको छ।

स्राेतका अनुसार उनीहरु यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित जमातीसँगै दिल्लीको मर्कज(धार्मिक भेला)बाट फर्किएका थिए।
सचिव घिमिरेका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि प्रदेशबाट प्राविधिकसहितको टोली परिचालन भैसकेको छ। अहिले उनीहरुको बारेमा धेरै जानकारी बाहिर आएको छैन। हामी जानकारी खोतल्दै छौ, उनले भने। संक्रमण पुष्टि भएकाहरुलाई उपचारका लागि नारायणी अस्पताल वीरगंज पठाउन तयारी भैरहेको छ।

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार मात्र रौतहटका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो संगै कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।

प्रकाशित: १७ वैशाख २०७७ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App