स्वास्थ्य

कोरोना जोखिमलाई हेर्दै ओमानमा दूतावासले नेपालीको विवरण संकलन सुरु

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिमलाई हेर्दै नेपाली दूतावास ओमानले नेपालीहरुको विवरण संकलन सुरु गरेको छ। ओमानमा रहेका नेपालीहरुलाई नेपाली राजदूतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकालले आग्रह गरिन्।

मस्कट स्थित नेपाली राजदूतावासले मंगलबार एक सूचना जारी गर्दै ओमानमा रहेका नेपालीहरुलाई दूतावासको वेवसाईटमा गएर आफ्नो वैयक्तिक विवरण दर्ता गर्न आग्रह गरेको छ।

ओमानमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा यस विषम परिस्थितिले पर्न गएको तथा पर्न सक्ने समस्याहरुको एकीकृत विवरण तयार गरी समस्या समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप विवरण संकलन सुरु गरिएको दूतावाशले जनाएको छ। सवै विवरणहरु गोप्य रहने दूतावाशले जनाएको छ।

फारम भर्नको लागि यहाँ क्लिक गर्न गर्नुहोस् :
 

 

प्रकाशित: १७ वैशाख २०७७ ०४:४९ बुधबार

कोरोना_भाइरस कोभिड_१९ ओमान