स्वास्थ्य

बागमती सेवा समाजले दियो ५ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

सर्लाही- सर्लाहीको हरिवन नगरपालिकास्थित बागमती सेवा समाज नेपाल नामक गैर सरकारी संस्थाले ५ वटा सरकारी जिल्ला अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । मंगलबार ५ वटै जिल्लाका सदरमुकामस्थित सरकारी जिल्ला अस्पताललाई फिवर क्लिनिक सञ्चालनका लागि इन्फ्रारेड थर्मोमिटर तथा टेण्ट सहयोग स्वरुप प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।

‘आज हाँमीले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा बारा, रौतहट, सर्लाही, महोत्तरी र सिराहा जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पताललाई टेण्ट र इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेका छौं’, कार्यकारी निर्देशक भण्डारीले मंगलबार नागरिकसँग भने, ‘पाँचवटै जिल्लामा हाम्रा प्रतिनिधिले ती सामग्री हस्तान्तरण गरेका छन् ।’

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि हरेक जिल्ला अस्पतालमा विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसारको एक छुट्टै फिवर क्लिनक सञ्चालन गर्नका लागि सामग्री प्रदान गरिएको भण्डारीले जानकारी दिए । यसअघि पनि कोशी अञ्चल अस्पताल विराटनगर लगायत विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको तथा कोरोना भाइरस संक्रमणविरुद्ध क्रियाशिल विभिन्न सरकारी निकायलाई आवश्यक उपकरणसहितको स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित: १६ वैशाख २०७७ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App