स्वास्थ्य

झापामा थप एक जनामा कोरोना संक्रमण

दमक – झापामा थप एक जना कोरोना संक्रमित भेटिएका छन्। बाह्रदशी गाउँपालिका ५० बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ। यस अघि दमक नगरपालिका ३ का ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। अहिले भेटिएका संक्रमित झापाको बाह्रदशी गाउँपालिका राजगढका हुन्। कोशी अन्चल अस्पतालमा गरिएको परिक्षणका क्रममा उनलाई कोरोना संक्रमण देखिएको छ।

यस्तै दमकमा कोरोना संक्रमित भेटिएपछी परीक्षण तीब्र पारिएको छ। दमक ३ का ती संक्रमितको घर आसपास र उनीसँग सम्पर्क भएका अनुमानित ब्यक्तिहरुको परीक्षण गरिएको हो। दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले संक्रमित ब्यक्तिसँग सम्पर्क अनुमान गरिएका र कन्ट्याक ट्रेसिङ मार्फत ६० जनाको परीक्षण गरिएको बताए। यस्तै वार्ड नम्बर ९ का ४ जना, बिभिन्न अस्पताल सिफारिस गरिएका ७४ जनाको परीक्षण गरिएको हो।

प्रकाशित: १४ वैशाख २०७७ १५:१८ आइतबार

कोरोना_भाइरस कोभिड_१९