स्वास्थ्य

कसरी हुन्छ कोरोना संक्रमितको पहिलो परीक्षण र अन्तिम जोखिम व्यवस्थापन ? (फोटो फिचर)

ताप्लेजुङ- सम्भावित कोरोना संक्रमणको प्रारम्भिक परीक्षणदेखि रोगले थलिएर मान्छेको मृत्यु हुँदासम्मको अवस्थालाई व्यवस्थापन गर्न सक्षम रहेको सन्देश दिँदै नेपाली सेनाको ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भीमकाली गुल्मले कोरोनाविरुद्धको अनुशिक्षण अभ्यास गराएको छ ।

गुल्मले कोरोनाविरुद्ध खटिने जनशक्ति र सरोकारवालाले थाहा पाउनुपर्ने न्यूनतम् जानकारी प्रेषित गर्ने उद्देश्यले कोरोनाविरुद्धको ‘डेमोस्ट्रेशन’गराएको थियो । भीमकाली गुल्मका गुल्मपति भूपेन्द्र गोदार थापाले कोरोना संक्रमणको जटिल अवस्था आइहाले त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर आफ्नो टिम तयारी अवस्थामा रहेको जानकारी दिन अभ्यासमुलक अभियान गरिएको जानकारी दिए ।

यहाँस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका व्यारेकहरुमा पनि क्वारेन्टाइन राखिएकोले कोरोनाविरुद्धको परीक्षण, उपचार र जोखिम व्यवस्थापन समेतलाई ध्यानमा राखेर जनशक्ति तयार पारिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । कोरोनाविरुद्ध स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली अहिले देशभर अग्रभागमा रहेको काम गरिहेको छ ।

कोरोनाका सम्भावित संक्रमितलाई उपचारको पहुँचसम्म ल्याउँदा र अन्तिम अवस्थाको जाखिम व्यवस्थापन कसरी हुन्छ त ? भीमकाली गुल्मले गरेको डेमोस्ट्रेशन पछि नागरिकर्मी खगेन्द्र अधिकारीले तयार पारेको फोटो फिचर ।

कोरोना जाखिम व्यवस्थापन