स्वास्थ्य

साबुन र स्यानिटाइजर अभाव

सिञ्जा - जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ। हाल यहाँ १५ श्ययाको क्वारेन्टाइनमा १६ जनालाई राखिएकमा उनीहरुलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन। आफूहरु कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ रहेका खगेन्द्र खत्रीले गुनासो गरे।

स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले साबुन नहुँदा आफूहरुले प्रयोग गर्ने साबुन पाँचलाई एकका दरले व्यवस्था गरेको बताए। क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले समन्वय नगरेको जनाइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर खत्रीले क्वारेन्टाइनमा बस्नेहरुलाई नआत्तिन भनरे हौसाला दिइएको बताए। सिञ्जावासीले अन्य राहत पनि नपाएको गुनासो गरेका छन्। रासस

प्रकाशित: १२ वैशाख २०७७ ०३:१७ शुक्रबार

क्वारेन्टाइन स्वास्थ्यचौकी अभाव