स्वास्थ्य

भोजपुरका एक युवकमा देखियो कोरोना

भोजपुर- भोजपुरमा एक जनामा कोरोना पोजेटिभ भएको पुष्टी भएको छ। हतुवागढी  गाउँपालिका ६ होम्ताङ्गका एक युवा कोरोना पोजेटिभ भेटिएका हुन्। वैदैशिक रोजगारबाट फर्किएका उनको द्रुत परीक्षण विधि (आरडीटी)बाट जाँच गर्दा एन्टीबढि पोजेटिभ देखिए पछि  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा पनि पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ।

उनलाई भोलि उपचारको लागि विराटनगर लाने तयारी गरिएको छ। मन्त्रालयले उनको यातायात विवरण तयार भइरहेको जनाएको छ। फागुन ३० गते नेपाल आएका उनी सुनसरी उदय पुर हुदै भोजपुर आएका थिए।

 गाउँपालिकाकाले पछिल्लो समय विदेशबाट आएका सबैको परीक्षण गर्ने योजना अनुसार परीक्षण गर्ने क्रममा उनमा एन्टीवढी पोजेटिभ देखिएको थियो। चैत ११ गते गते हतुवागढी आएका उनको  द्रुत परीक्षण विधि (आरडीटी)बाट जाँच गर्दा पोजेटिभ आएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोडेटारमा आइसोलेसनमा राखिएको थियो।

प्रकाशित: ११ वैशाख २०७७ १५:५० बिहीबार

कोरोना_भाइरस कोभिड_१९ भोजपुर