स्वास्थ्य

डोल्पामा ८ जनाको  आरडिटी रिर्पाेट नेगेटिभ

डोल्पा – भारतमा मजदुरी गरेर फर्केका कोरोना आशंका गरेका ८ जनाको रिर्पोट नेगेटिभ देखिएको छ। जगदुल्ला गाउँपालिका भर भएर भारतमा मजदुरी गरेर फर्केका ८ जना र थप एक जना गरि ९ जनाको आरडिटी परिक्षण गर्दा रिर्पोट नेगेटिभ भेटिएको हो।

भारत तथा अन्य मुलुकबाट आएकालाई पहिलो प्राथकितामा राखेर आरडिटी परिक्षण गर्न स्वास्थ्य विभाग निर्देशन दिएपछि पहिलो चरणमा भारतबाट डोल्पामा आएकाहरूको  खोजी गर्दै जाने क्रममा जगदुल्ला गाउँपालिका नागरिक भेटिएका थिए। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले डोल्पाका ८ ओटै स्थानीय तहमा आरडिटी परिक्षण गर्ने निर्णय गरेको थियो।

जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट डाक्टर मछिन्द्र बडुवालको संयोजक्त्वमा  सबै स्थानीय तहमा पुगेर कोरोना आशंका गरिएका ब्यक्तिहरुको आरडिटी परिक्षण गर्न पहिलो चरणमा जगदुल्ला गाउँपालिकामा पुगेर स्वास्थ्यकर्मिहरुको मोवाइल घुम्ती टोलीले ९ जनाको आरडिटी परिक्षण गरेको हो। कोरोना आरडिटी परिक्षण किट १ सय ४० थान मलेरीयाको किट १ सय २५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट गत विहिवार मात्र जिल्लामा पुगेको थियो।जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर सिजन रावलले मंगलवार जगदुल्ला गाउँपालिकामा आरडिटी परिक्षण गर्दा भारतबाट आएका ८ जना र थप एक जना गरि ९ जनाको रिर्पाेट नेगेटिभ आएको बताए।
 

प्रकाशित: ९ वैशाख २०७७ ०९:५८ मंगलबार

कोभिड–१९ रिर्पोट नेगेटिभ