स्वास्थ्य

मन्त्री नेम्वाङद्वारा स्वास्थ्य सामग्री सहयोग

पाँचथर– भौतिक योजन तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले गृह जिल्ला पाँचथरमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । मन्त्री नेम्वाङको पहलमा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

प्राइभेट प्रोटेक्टीभ इक्वुमेन्ट (पीपीई) सहित थर्मल गन, सर्जिकल मास्क तथा स्यानिटाइजर उपलब्ध गराएका हुन । उक्त सामग्री आठै स्थानीय तह, जिल्ला अस्पताल, दुई निजी अस्पताल, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयमा उक्त सामग्री प्रदान गरीने बताइएको छ । प्राइभेट प्रोटेक्टीभ इक्युमेन्ट (पीपीई) २७ थान, थर्मल गन ३३ थान, ३४ हजार सर्जिकल मास्क र १ सय १० थान स्यानिटाइजर उपलब्ध गराएको जानकारी दिइएको छ ।

सोमबार फाल्गुनन्द गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, तुम्बेवा गाउँपालिका र कुम्मायक गाउँपालिकामा उक्त सामग्री हस्तान्तरण गरिएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य अईन्द्र सुन्दर नेम्बाङले जानकारी दिए । उनका अनुसार नेकपा पाँचथरको समन्वयमा मन्त्रीको सक्रियता तथा सौजन्यमा उक्त सामग्री जिल्लाबासीका लागि आएको हो ।

प्रकाशित: ८ वैशाख २०७७ १२:४६ सोमबार

कोभिड-१९ कोरोना स्वास्थ्य_सामग्री