स्वास्थ्य

जब मजदुर र उनका परिवारलाई विदाई गर्न मन्त्री पुगे (फोटो फिचर)

काठमाडौं–  उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका कामदार  र उनीहरुका परिवारलाई घर पठाइएको छ। ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन मजदुर र उनका परिवारलाई विदाई गर्न पुगेका थिए।

विभिन्न स्थानबाट हिंडेर आएका मजदुरलाई भक्तपुरमा रोकिएको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए। मन्त्री पुनले आइतबार साँझ पानी परिरहेका बेला रुझेरै मजदुरहरुलाई बिदाई गरेका थिए। सडकमा अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको मन्त्री पुनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन्। उनीहरु काभ्रेका विभिन्न स्थानबाट आएकामा प्रहरीले शंकरापुरमा रोकेको थियो। त्यसबारे खबर पाएलगत्तै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए। बाहिरबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो।

लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्ननै समस्या हुने गरेको भन्दै मजदुरहरु हिंडेर घर जान लागेका थिए।

शंखरापुरबाट घर पठाइएका मजदुर र तिनका परिवारको तस्बिर नागरिककर्मी मोनिका मल्लले समेटेकी छन्। काभ्रेको मन्दन देउपुरबाट रोल्पा पुग्ने लक्ष्य लिएर हिँडेका मजदुर शंखरापुरमा रोकिएका थिए। उनीहरुलाई नगरपालिकाले उद्धारको लागि पहल गरेको थियो। शंखरापुरमा रोकिएका मजदुरलाई नगरपालिकाले दुई वटा वस ब्यवस्थापन गरेको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App