स्वास्थ्य

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं- नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले यो सँगै संक्रमितको संख्या ३१ पुगेको जनाएको छ।

नयाँ संक्रमित ३१ वर्षिय पुरुष भएको बताए पनि मन्त्रालयले थप विवरण खुलाएको छैन। आज मात्रै टेकु अस्पतालबाट एक जना र बागलुङको धौलागिरी अस्पतालबाट एक जना कोरोना संक्रमित विरामी निको भएर घर फर्केका थिए।

प्रकाशित: ६ वैशाख २०७७ १५:३१ शनिबार

कोरोना_भाइरस कोभिड_१९ संक्रमण