स्वास्थ्य

दैलेखमा क्वारेन्टाइनबाट १ सय १२ जना घर फर्किए

दैलेख – जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाले भारतबाट आएका एस सय १२ जनालाई १४ दिन क्वारेन्टाइनमा राखेपछि घर पठाईएको छ।  क्वारेन्टाइनमा राखेकाहरूको नगरपालिकाले कर्णाली प्रदेश प्रयोगशालामा स्वाव पठाइएकोमा परीक्षणले कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरूलाई घर पठाईएको हो।

 नगरपालिकाले एक सय २० जनालाई क्वारेन्टाइनमा राखेको थियो। बाँकी ८ जना क्वारेन्टाइनमै रहेका छन्। नगरपालिकाले क्वारेन्टाइनमा रहेका सवैलाई स्वास्थ्यकर्मीको निगरानीमा सम्पूर्ण खर्च ब्यहोरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए। कर्णाली जनचेतना आधारभुत विद्यालय पालेतडामा बस्ने एक जना र चामुण्डा क्याम्पसमा बनाईएको क्वारेन्टाइनमा बस्ने ७ जनालाई ४ गतेसम्म राखीने छ। घर पठाईएकालाई चैत १७ गते भारतबाट आएका १ सय १२ जनालाई  कर्णाली जनचेतना आधारभुत विद्याललय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभुत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसको क्वारेन्टाइनमा राािखएको थियो। 

चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले घरमा गएकाहरूलाई २ हप्तासम्म घरकै क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। । ‘प्रत्येक वडामा एक घर एक स्वास्थ्य अभियन्ताहरू अवको केही दिनमै हुनेछन्। नगरका प्रत्येक व्यक्तिको नाम, मोवाइल वडा कार्यालय र नगरपालिकामा हुनेछ।’ नगर प्रमुख सुर्यबहादुर शाहीले भने, त्यसपछि कसैलाई कुनैपनि समस्या भएको खण्डमा सोही व्यक्तिलाई नगरपालिका र वडाले सिधै सम्पर्क गर्नेछ।’ क्वारेन्टाइनबाट घरमा फर्केका र नगरवासीलाई जंग फुड भन्दा स्थानीय स्तरमै उत्पादन भएको खाने कुरा खान समेत नगर प्रमुखले सवैमा अपिल गरेका छन्।  आफुहरूलाई नगरपालिकाले राम्रो सहयोग गरेको र अव, ढुक्क भएर घर जान पाएकोमा कामको शिलशिलामा भारत पुगेर फर्किकाहरुले स्थानीय सरकारलाई धन्यवाद दिएका थिए।

 

प्रकाशित: ३ वैशाख २०७७ ०६:१९ बुधबार

क्वारेन्टाइन घर कोरोना