स्वास्थ्य

सनसिटी अपार्टमेन्टमा बस्नेहरुको कोरोना परीक्षण गरिने

काठमाडौं - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेमा दुई जनामा कोरोना संक्रमण देखिए पछि त्यहाँ बस्नेहरुमा परीक्षण सुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्नेहरुको परीक्षण सुरु गरिएको बताएको छ। उनीहरुको सम्पर्कमा आएकाहरुको पनि ट्रेसिङ सुरु गरिएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणको आशंकामा सोमबार सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल तीन जनालाई लगिएको थियो। तीन मध्ये दुई जनामा  संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एक जनाको पहिलो रिपोर्ट नेगेटिभ आएको छ। उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए।  

संक्रमित ५८ वर्षिय पुरुष र ८१ वर्षिय महिला छन्। सनसिटी अपार्टमेन्टलाई अहिले प्रहरीले शिल गरेको छ।

 

 

प्रकाशित: २ वैशाख २०७७ १०:२९ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ सनसिटी