स्वास्थ्य

विपद् व्यवस्थापन र स्थानीय तहलाई सुरक्षा सामग्री

बर्दिया- स्थानीय तथा समाजसेवी सुरेश पन्तले ठूलो परिमाणमा सुरक्षा सामग्री विपद् व्यवस्थापन र स्थानीय तहलाई उपलब्ध गराएका छन्। विपद् व्यस्थापन र स्थानीय तहलाई दोस्रोपटक सुरक्षा समग्री पन्तले वितरण गरेका हुन।

मधुवन नगरपालिका ढोढरीका ४४ वर्षिय पन्तले विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई १ हजार थान मास्क,२ सय बोतल स्यानिटाइजर, ७ हजार थान ग्लोब्स र ३५ थान पीपीई हस्तारण गरेका हुन।

यस्तैगरि पन्तले जिल्लास्थित स्थानीय तहका प्रमुखलाई ४ हजार ५ सय थान मास्क,३ सय २८ थान स्यानिटाइजर ५ सय एमएल ,३० हजार जोडी पन्जा र ६० थान पीपीई वितरण गरेका छन्। कोभिड–१९ संक्रमणको बढिरहेको अवस्थामा सुरक्षा सामग्रीले जिवन सुरक्षा हुने हेतुले सुरक्षा सामग्री वितरण गरेको पन्तले बताए।

‘यतिबेला घर घरै गएर सुरक्षा सामग्री वितरण गर्ने अबस्था छैन, स्थानीय तह र विपद् व्यवस्थापन मार्फत घरघरै सुरक्षा सामग्री पुग्नेछ,’उनले भने। घर बर्दिया भएपनि पन्त काठमाडौं बस्छन्। काठमाडौंबाट सुरक्षा सामग्री ल्याएर उनले विपद् व्यवस्थापन समिति र स्थानीय तह उपलब्ध गराईरहेका छन्।

प्रकाशित: २ वैशाख २०७७ १०:२२ मंगलबार

विपद्_व्यवस्थापन स्थानीय_तह सुरक्षा_सामग्री