स्वास्थ्य

सनसिटीबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण

काठमाडौं- कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल मा लगिएका तीन मध्ये दुई जनामा  संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एक जनाको पहिलो रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुलाई हिजो अस्पताल लगिएको थियो।  उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए।  

 र्‍यापिड टेष्टमा रिपोर्ट कोरोना पोजेटिभ देखिए पछि अस्पताल भर्ना गरेर परीक्षण गरिएको थियो। पीसीआर विधिबाट परीक्षणको लागि थ्रोट स्वाव र रगतको नमुना संकलन गरी लागि टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो।

संक्रमित ५८ वर्षिय पुरुष र ८१ वर्षिय महिला छन्। सनसिटी अपार्टमेन्टलाई अहिले प्रहरीले शिल गरेको छ।

 

प्रकाशित: २ वैशाख २०७७ ०७:०३ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ सनसिटी