स्वास्थ्य

अमेरिकामा नेपालीभाषी भुटानीको कोरोनाबाट मृत्यु

अमेरिका-  ७ बर्ष अगाडि नेपालको मोरङ शनिश्चरेबाट छोराबुहारी र नाति नातिनी सहित अमेरिका आएकी एक बृद्धाको कोरोना भाईरस संक्रमणमा निधन भएको छ। 

अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी बृद्धाको निधन भएको हो। गएराती  जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाली मुलका मेरिल्याण्डका डेलीगेट ह्यारी भण्डारीले बताएका छन्।

दम र मुटुको रोगको समस्याबाट समेत उनी पीडित थिइन्। केही दिन अगाडि अस्पतालमा भर्ना गरिएकोमा उनलाई हिजो बेलुका डाक्टरहरुले मृत घोषणा गरेका थिए।

उनका छोरा मेरिल्याण्डको रुजडलमा आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको र बुहारीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ। उनका नाती र नातिनीलाई पनि लक्षण देखिएको जनाइएको छ।

प्रकाशित: २ वैशाख २०७७ ०४:१५ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ भुटानी