स्वास्थ्य

कोरोना महामारी नसकिएसम्म प्रधानमन्त्रीले पारिश्रमिक नलिने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। नयाँ वर्ष २०७७ को शुभकामना दिदै उनले आफ्नो पारिश्रमिक कोभिड १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताए।

आवश्यकता पर्दा हुनेको गास काटेर नहुनेलाई बचाउने नेपाली परम्परा रहेको पनि उनले बताए। नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गरिएको प्रधानमन्त्रीको भनाई छ।

अन्यौल र विचलित नभइ नआत्तालिन उनले आग्रह गरेका छन्।

प्रकाशित: १ वैशाख २०७७ ०३:११ सोमबार

कोरोना_भाइरस कोभिड_१९ प्रधानमन्त्री