स्वास्थ्य

ताप्लेजुङबाट थप एकको स्वाब परीक्षणका लागि पठाइयो

ताप्लेजुङ- ताप्लेजुङबाट थप १ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ। निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले एक महिलाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको जानकारी दिए।

उच्च ज्वरोका कारण तमोर अस्पताल प्रालिको आइसोलेसन कक्षमा भर्ना भएकी एक महिलाको कोभिड-१९ संक्रमण हो या होइन भनेर परीक्षणका लागि स्वाब पठाइएको समेत निमित्त स्वास्थ्य प्रमुख पोखरेलले जानकारी दिए।

यसअघि यहाँबाट पठाइएका ३ जनाको स्वाब परीक्षणको नतिजा पनि नेगेटिभ आएको थियो। यो सहित ताप्लेजुङबाट ४ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ।

 

प्रकाशित: ३० चैत्र २०७६ ०८:५८ आइतबार

स्वाब_परीक्षण कोभिड-१९