स्वास्थ्य

कपिलवस्तुमा कैदी बन्दीका लागि क्वारेन्टाईन

कपिलवस्तु – कोरोना भाइरस (कोभिड– १९) संक्रमण हुन नदिन कपिलवस्तु कारागारमा क्वारेन्टाईन संचालन गरिएको छ। कारागार भवनको दोश्रो ब्लकमा खाली रहेका महिला वार्डमा तत्कालका लागि  चार वेडको क्वारेन्टाईन संचालनमा ल्याईएको हो। कारागारमा आउने नयाँ कैद बँन्दीलाई लक्षित गरि  क्वारेनटाईन संचालन गरिएको छ।  

क्वारेनटाईनमा अहिले २ जना नयाँ बन्दी राखिएको जेलर राकेश पाण्डेयले बताए। कोरोना भाईरसको संक्रमण फैलन नदिन कारगारमा क्वारेन्टाईन संचालन गरिएको उनले बताए। उनका अनुसार आवश्यक परे  बेड संख्या थप गरिने बताए। नयाँ आउने कैदीबन्दीलाई १४ दिन क्वारेन्टाईनमा राखिने छ। 

उता कोरानाको  जोखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट १०  जना कैदी बन्दीलाई रिहा गरिएको छ। कोरोना भाइरस फैलिए पछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरूलाई छाडेको हो। कारागारका जेलर राकेश पाण्डेय अनुसार सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णय अनुसार जिल्ला अदालतको आदेश पछि उनीहरुलाई रिहा गरिएको छ।

मुलुकी फौजदारी संहीता कार्यबिधि २०७४ को  दफा १५५ अनुसार एक बर्ष सम्म कैद बाकी रह्का कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायधिको ईजलासबाट छाड्ने व्यवस्था मिलाउन सर्वाेच्चले  प्रेस विज्ञप्ति जारी गरेको थियो। त्यस्त कैदी बन्दीको निवेदन र जिल्ला न्याधिशको आदेश अनुसार उनीहरुलाई गत चैत ९ देखि चैत २४ गते को बिचमा रिहा गरिएको जेलर पाण्डेयले बताए । दुई ब्लकमा २ सय ३० जनको क्षमता रहेको कारागरमा अहिले ३ सय ८५ जना कैदीबन्दी छन्। 
 

प्रकाशित: २९ चैत्र २०७६ ११:२६ शनिबार

कोभिड–_१९ कारागार कैदी_बन्दी