स्वास्थ्य

नातिको बिहेमा लन्डन आएका क्षेत्रीको कोरोना संक्रमणले निधन

लन्डन- नातिको बिहेमा सहभागी हुन लन्डन आएका एक नेपालीको कोरोना संक्रमणले निधन भएको छ। बागलुङ अमलाचौर सरङ्गगी घर भएका ७५ वर्षिया कर्णबहादुर (केसी) क्षेत्रीको बुधवार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार गत आइतवार स्वास फेर्न अप्ठ्यारो भएपछि क्षेत्रीलाई अस्पताल भर्ना गरिएको थियो। सामान्य स्वास्थ्य अवस्थामा रहेका उनले लण्डन आएपछि कोल्ड स्टोरको औषधि सेवन गर्न थालेका थिए। उनी श्रीमती सहित लण्डन आएका थिए। क्षेत्रीका ४ छोरो ३ छोरी छन्।

क्षेत्री गत मार्च महिनाको पहिलो साता नातिको बिहेमा भाग लिन लण्डन आएका थिए। उनको अप्रील महिनाको अन्तिम साता नेपाल फकिर्ने तयारीमा थिए। २०४६ सालको राजनीति परिवर्तनपछि स्थानीय राजनीति सक्रिय क्षेत्री २०४८ सालको स्थानीय निर्वाचनमा तत्कालिन अमलाचौर गाउँ विकास समितिमा अत्याधिक मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका थिए। संघीय सांसद बागलुङ १ का सांसद डा सूर्य पाठकले क्षेत्रीका निधनले स्थानीय एक इमान्दार समाजसेवीको अभाव सधै रहि रहने बताउँदै क्षेत्रीको आत्मको चिरशान्तिको लागि कामना गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाशित: २८ चैत्र २०७६ १५:५२ शुक्रबार

कोरोना_भाइरस कोभिड_१९ मृत्यु