स्वास्थ्य

'कोरोना कोषमा जम्मा गर्न स्वास्थ्यकर्मीको तलब कटिएको छैन'

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ।

शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरिएको बताए। सरकारले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गर्ने निर्णय गरेपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको बताए। उनले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरुमा आग्रह गरे।

उनले बिहीबारबाट र्‍यापिड परीक्षण सुरु गरिएको बताए।

प्रकाशित: २८ चैत्र २०७६ ११:५४ शुक्रबार

कोरोना_भाइरस कोभिड_१९ चिकित्सक