स्वास्थ्य

स्थानीय तह प्रवेश गर्नेलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखिने

खोटाङ – जिल्लाको जन्तेढुंगा गाउँपालिकाले गाउँपालिका भित्र प्रवेश गर्ने व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने भएकोछ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आगामी दिनमा गाउँपालिका प्रवेश गर्ने कुनै पनि व्यक्ति तीन हप्तासम्म क्वारेन्टाइनमा राख्ने भएको हो।

भारत लगायत विभिन्न देशबाट घर आउने स्थानीयका कारण कोरोना भाइरसको संक्रमण फैलिने खतरा भएकाले गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए। यसअघि परदेशबाट घर आएका अधिकांश स्थानीयलाई होम क्वारेन्टीनमा बस्न भनिए पनि बेवास्ता गरेको पाइएकाले आगामी दिनमा गाउँपालिका प्रवेश गर्ने व्यक्तीलाई क्वारेन्टीनमा राख्ने निर्णय गरेको जनाइएको छ।

होम होम क्वारेन्टाइनमा बस्न चाहनेलाई पनि २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने लिखित कागजात गराएर मात्र घर जान दिइने संयोजक पोखरेलले बताए। गाउँपालिकाले चिसापानीमा २० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ। 
 

प्रकाशित: २८ चैत्र २०७६ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App