स्वास्थ्य

कोरोनाका कारण बेलायतमा थप एक नेपालीको निधन

लन्डन - कोरोना भाइरसका कारण बेलायतका अर्का पूर्वगोरखा सैनिकको निधन भएको छ। तमुधिं लन्डन इकाईका पूर्वअध्यक्ष दिपक (डेविड) गुरुङका अनुसार ५९ वर्षिय भूपू गोरखा चेत प्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो।

उनी नेपाल पर्वत स्थायी घर भई लामो समयदेखि श्रीमतीका साथ लण्डनको अल्पर्टनमा बस्दै आएकाका थिए। उनी तमुधिं लण्डन इकाईका बरिष्ठ उपाध्यक्ष समेत थिए। उनले नेपाली इभेन्टहरुमा डेकोरेटरको रुपमा समेत लोकप्रिय थिए।

गुरुङसंगै वेलायतमा कोरोनाको कारणले मृत्यु हुने नेपालीको संख्या तीन पुगेको छ।

यसअघि बेलायतमा एकजना भूपूगोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो।

 

प्रकाशित: २७ चैत्र २०७६ ०२:१३ बिहीबार

कोरोना_भाइरस कोभिड_१९ बेलायत नेपाली