स्वास्थ्य

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

अमेरिका- कोरोनाको संक्रमणबाट न्युयोर्कमा आज एक जना नेपालीको मृत्यु भएको छ।  ङिमा तेम्बा शेर्पाको निधन भएको हो। शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ।

शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले बताए। ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्तादेखि सो अस्पतालमा उपचाररत थिए।

कोरोनाको महामारी सुरु भएपछि १५ दिनमा न्युयोर्कका ५ जना नेपालीहरुको निधन भएको छ। तर सबैको निधन कोरोनाको कारण भएको बताइएको छैन।

प्रकाशित: २६ चैत्र २०७६ १४:२४ बुधबार

कोरोना_भाइरस कोभिड_१९ नेपाली