स्वास्थ्य

गुल्मीका  ५ जनाको स्वाब परीक्षण गर्न भैरहवा पठाईयो

गुल्मी – कोरोना संक्रमणको आशंकामा गुल्मी जिल्लाका पाँच  जना को स्वाब परीक्षण गरिने भएको छ। जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकामा क्वारेन्टाईमा रहेका पाँच जनाको स्वाब संकलन गरेर परीक्षणका लागि मंगलवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको हो।  

गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले दिएको जानकारी अनुसार स्वाब पठाईएकाहरुमा रेसुंगा नगरपालिकावाट एक, मुसिकोटवाट दुई र सत्यवती गाउँपालिकावाट दुई गरि पाँच रहेका छन्। परीक्षणका लागि पठाईएको स्वाबको रिपोर्ट आउन दुईदिन लाग्ने बताईएको छ। उनीहरु यही चैत ४ गते कतार एयरवयजको विमानवाट कोरोना संक्रमित युवतीसँगै नेपाल आएका हुन्। 

प्रकाशित: २५ चैत्र २०७६ ०८:१९ मंगलबार

स्वाब परीक्षण कोभिड–१९