स्वास्थ्य

एक स्थानीयतहबाट अर्को स्थानीयतहमा जान नपाइने

काठमाडौं- सरकारले एक प्रदेशाबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा आवागमनलाई कडाई गर्ने भएको छ। अनावस्यक आवागमनलाई सरकारले रोकेको हो। कोरोना भाइरस नियन्त्रणको लागि यसो गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिनइने निर्णय सरकारले गरेको हो। शनिबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। पहिलो पटक धनगढीमा स्थानीयतहमा एक जनामा भाइरस सरेसँगै संक्रमणको दोस्रो चरण सुरु भएको छ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो। चैत फेरी सरकारले लकडाउन थप गरेर चैत २५ गतेसम्म कायम गरेको छ।

 

प्रकाशित: २२ चैत्र २०७६ १४:५७ शनिबार

कोरोना_भाइरस स्थानीयतह लकडाउन