स्वास्थ्य

रोल्पा अस्पतालमा ‘भिटिएम’

अस्पतालमा आएको भिटिएम ।

रोल्पा- रोल्पा अस्पतालमा कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाब संकलन गरिने उपकरण (भिटिएम) ल्याईएको छ। स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिका अनुसार मन्त्रालयबाट ९ थान भिटिएम रोल्पा आएको हो। यसअघि रोल्पा नगरपालिका र प्रदेश सरकारको सहयोगमा पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट), मास्क, ग्लोब्स, आइसोलेसनका लागि बेड लगायत सामग्री उपलब्ध गराईएको छ।

कोरोनाको संक्रमणका शंकास्पद बिरामी आएमा स्वाब संकलन गरि पठाउन सकिने भएपछि स्वास्थ्यकर्मी पनि खुसी भएका छन्। स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिले रोल्पाको अवस्था सामान्य भएको भन्दै आइसोलेसन कक्ष, क्वारेन्टाइन र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको बताए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार अहिलेसम्म जिल्लाको अवस्था सामान्य छ भने बिभिन्न स्थानमा हेल्थ डेक्सबाट सेवा दिईरहेको छ। रोल्पा अस्पताल, होलेरी लगायतका ठाउँमा दर्जन बढि आइसोलेसन कक्ष पनि तयार गरिएको छ।

 

प्रकाशित: १६ चैत्र २०७६ १२:१६ आइतबार

काेराेना काेभिड_१९ भिटिएम