स्वास्थ्य

पाँचथरमा २२ जना क्वारेन्टाइनमा

पाँचथर– जिल्लामा वैदेशिक रोजगारीबाट आएका २२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेका अनुसार फिदिम नगरपालीकासहित विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टाइमा उनीहरुलाई राखिएको छ।

यसरी क्वारेन्टाइनमा राखिएका अधिकतर खाडी मुलुकबाट आएका छन्। चैत १ गते यता विदेशबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्ने निर्णय भएसँगै राख्न थालिएको हो। फाल्गुनन्द गाउँपालीकाका ४ जनालाई फिदिममा रहेको क्वारेन्टाइनमा राखिएको छ। याङवरक गाउँपालीकामा ८, हिलिहाङ गाउँपालीकामा ७ र कुम्मायक गाउँपालीकामा ३ जनालाई क्वारेन्टाइनमा राखिएको हो। यस्तै दुई जना पाँचथर अस्पतालको आइसोलेसनमा राखेर उपचार गरीदैछ। उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ।

यसअघि कोरोना संक्रमित फ्रान्सबाट आएकी युवती आएकै विमानमा आएका दुई जनालाई मोरङको टाडीमा रहेको क्वारेन्टाइनमा राखिएको छ। जिल्लामा पछिल्लो समय विदेशबाट आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राख्नु पर्ने स्थानीयको माग छ। ग्रामिण क्षेत्रका स्थानीयबासिन्दा त्रसिद देखिन्छन्। जिल्लामा विदेशबाट आएकाको संख्या निक्कै ठूलो रहेको छ। स्थानीय तहमार्फत विवरण संकलन गर्दा पछिल्लो महिना १ सय २९ जनाको विवरण आएको साहयक प्रमुख जिल्लाअधिकारी नारायण न्यौपानेले जानकारी दिए। उनीहरुको बारे स्थानीय तहमार्फत जानकारी लिने काम भईरहेको न्यौपानेको भनाई छ।

भारतसँग खुला सिमाना भएकाले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। खुला सिमाना चिन्ताको विषय बनेको पाइएको छ। जिल्लामा ४५ किलोमिटर उच्च पहाडी क्षेत्र भारतसँग सीमा जोडिन्छ। हाललाई क्वारेन्टाइमा राखिएकाहरुलाई दैनिक आवश्यकीय प्रबन्ध स्थानीय तहले गर्ने व्यवस्था मिलाइएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु सापकोटाले बताए।

प्रकाशित: १६ चैत्र २०७६ ०८:०९ आइतबार

काेराेना काेभिड_१९ क्वारेन्टाइन पाँचथर