स्वास्थ्य

११ वर्षिय बालक आइसोलेसनमा

जुम्ला- जुम्लामा एक ११ वर्षिय बालकलाई उच्च ज्वरो देखिएसंगै आइसोलेसनमा राखिएको छ। तातोपानी गाउँपालिकाको सो बालकलाई चेकजाँचका क्रममा उच्च ज्वरो देखिएपछि सिंधै आइसोलेसनमा राखिएको कर्णाली प्रतिष्ठानका डक्टर सुनिल बुढाथोकीले जानकारी दिए।

बच्चामा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ। बालकका बुबा ५ दिन अगाडी भारतबाट आएको समेत खुलेको छ। २÷३ दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा ज्वरो नाप्दा कोरोनाको लक्षणसंग मिल्दो जुल्द भएपछि आइसोलेसनमा राखिएको बुडाथोकीले बताए।

बालकलाई कोरोनाको रिर्पोट नआउन्जेलसम्म आइसोलेनसमै राखि उपचार गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७६ १०:४६ बिहीबार

काेभिड_१९ काेराेना आइसोलेसन