स्वास्थ्य

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

काठमाडौं- बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ। शाही निवासले ७१ वर्षका राजकुमारमा कोरोनाको लक्षण देखिए पनि उनको अवस्था ठिक रहेको बताएको छ।

चार्ल्सकी पत्नी डचेस अफ कार्नवाल केमिलाको परीक्षण गर्दा संक्रमण नपाइएको दरवारले जनाएङ्को छ। उनीहरु स्कटल्याण्डमा आसोलेसनमा रहेका छन्। उनलाई कसरी संक्रमण भयो भन्नेबारे थाहा हुन नसकेको बीबीसीले जनाएको छ।

 

प्रकाशित: १२ चैत्र २०७६ ११:३५ बुधबार

कोरोना_भाइरस कोभिड_१९ राजकुमार बेलायत